ad ad

ग्लोबल


जसलाई इजरायली सेनामा भर्ना हुन नमान्दा जेल सजाय सुनाइयो

जसलाई इजरायली सेनामा भर्ना हुन नमान्दा जेल सजाय सुनाइयो

ताल मिटनिक


नेपालखबर
पुस १२, २०८० बिहिबार १९:५७, काठमाडौँ

इजरायलमा सेनामा भर्ना हुन अस्वीकार गर्दा एक युवकलाई मुद्दा लगाई जेल सजाय सुनाइएको छ। 

इजरायली सञ्चारमाध्यमकमा अनुसार तेल अभिभमा बस्ने ताल मिटनिक नामका १८ वर्षीय युवकले सेना भर्ती केन्द्रमा गई भर्ना नहुने घोषणा गर्दा उनलाई ३० दिनको जेल सजाय तोकिएको हो।

उनले आफ्नो अन्तरआत्माको आवाज सुनाउँदै आफू सेनामा भर्ना हुन नचाहनुको कारणमा इजरायल–हमास युद्ध र कब्जालाई उद्धृत गरेका थिए।

गाजा युद्ध सुरु भएयता उनी पहिलो व्यक्ति हुन् जसलाई ‘आफ्नो विवेकले सेनामा भर्ती नहुने निर्णय’ गर्दा गरेकामा सजाय दिइयो।

ती युवकले सैन्य सेवाको विरोध जारी राखेमा उनको हिरासत लम्बिन सक्ने बीबीसीको समाचारमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .