ad ad

ग्लोबल


फ्रान्सका विदेशमन्त्रीलाई नेतान्याहुको जवाफ- युद्ध रोकिने छैन

फ्रान्सका विदेशमन्त्रीलाई नेतान्याहुको जवाफ- युद्ध रोकिने छैन

नेपालखबर
पुस २, २०८० सोमबार ६:४१, काठमाडौँ

गाजामा युद्धविरामका विषयमा फ्रान्सेली विदेशमन्त्रीको अभव्यक्तिपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फेरि एकपटक वक्तव्य दिएका छन्।

युद्धमा मारिएका सैनिकको परिवारले लेखेको चिठ्ठी देखाउँदै नेतान्याहुले भने, ‘लडिरहनु तिम्रो कर्तव्य हो, तिमीलाई बीचमा रोकिने अधिकार छैन।’

उनले थपे, ‘शत्रुमाथि विजय हासिल गर्न र बन्धकहरूलाई मुक्त गर्न, हमासमाथि सैन्य दबाब दिन आवश्यक छ। हामी अन्तिमसम्म लड्नेछौँ र हाम्रो लक्ष्य हासिल गर्नेछौँ।’

यसैबीच इजरायली सेना प्रमुख हर्जी हेलेवीले पनि हमासलाई हटाउन र बन्धकहरूलाई मुक्त गर्न जारी सैन्य कारबाही अन्त्य नहुने बताएका छन्।

बीबीसीका अनुसार यसै साता इजरायल भ्रमणमा आएकी फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले युद्धविराम तत्काल हुनुपर्ने र स्थायी हुनुपर्ने बताएकी थिइन्। उनले जारी युद्धमा ठूलो संख्यामा सर्वसाधारणको ज्यान गइरहेको चिन्ता व्यक्त गरेकी थिइन्। 

इजरायल–हमास युद्धमा ज्यान गुमाउने क्रम बढ्दै गएपछि युद्धविरामका लागि इजरायललाई अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .