ग्लोबल


बम रहेको सूचनापछि एयर इन्डियाको विमान थाइल्यान्डमा आपत्‌कालीन अवतरण

बम रहेको सूचनापछि एयर इन्डियाको विमान थाइल्यान्डमा आपत्‌कालीन अवतरण

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १२:२५, काठमाडौँ

शुक्रबार थाइल्यान्डमा एयर इन्डियाको एउटा विमान आपत्‌कालीन अवतरण गरिएको छ।

शुक्रबार बिहान थाइल्यान्डको फुकेटबाट दिल्लीका लागि उडेको विमानमा बम रहेको जानकारी आएपछि उतै आपत्‌कालीन अवतरण गर्नुपरेको हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार १५६ जना सवार उडान नम्बर एआई-३७९ विमान शुक्रबार बिहान ९:३० बजेको आपत्‌कालीन अवतरण गरिएको हो। 

बम छ भन्ने सूचना आएपछि विमानले अन्डमान सागरमाथि ठूलो मोड लिँदै लगभग २० मिनेट पछि थाइल्यान्डको फुकेट विमानस्थलमा सुरक्षित रूपमा आपत्‌कालीन अवतरण भएको थियो। 

सबै यात्रु र चालक दल सुरक्षित छन्, कसैलाई पनि केही भएको छैन।

बम थियो वा थिएन तथा कसले धम्की दिएको थियोलगायत विस्तृत जानकारी आइसकेको छैन। 

बिहीबार मात्र एयर इन्डियाकै विमान भारतकै अहमदाबादमा दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad