इरानका राष्ट्रपति मसुद पेजेस्कियान मंगलबार पाकिस्तान पुगेका छन्।
त्यस क्रममा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र उनले संयुक्त पत्रकार सम्मेलन गरेका छन्।
तर अमेरिका र इरानबिच ब्यालिस्टिक क्षेप्यास्त्रबारे छलफल नभएको र यो छलफलको विषय नै नभएको दाबी पाकिस्तानका प्रधानमन्त्री पेजेस्कियानले गरेका छन्।
उनले भने, ‘दोहोरो मापदण्ड हुनुहुँदैन। अन्य देशसँग क्षेप्यास्त्र (मिसाइल) हुनु र इरानसँग नहुनु सम्भव छैन।’
उनले अमेरिका र इरानबिच हस्ताक्षर भएको समझदारीपत्र (एमओयू) मा ब्यालिस्टिक मिसाइलको कुरा नभएको जिकिर पनि गरेका छन्।
उनले भने, ‘म यो कुरा स्पष्ट पार्न चाहन्छु।’
पेजेस्कियानले थपे, ‘इरानले कहिल्यै पनि, कुनै पनि परिस्थितिमा, कसैसँग आफ्नो रक्षा क्षमताबारे छलफल गर्ने छैन।’
पाकिस्तानले अमेरिका र इरानबिचको वार्तामा मध्यस्थता गरिरहेको छ।
Shares

प्रतिक्रिया