ग्लोबल


भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, १० हजार जनाको मृत्यु भएको आशंका

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, १० हजार जनाको मृत्यु भएको आशंका

भेनेजुएलामा स्थानीय समअनुसार बुधबार बेलुका दुई शक्तिशाली भूकम्प गएका छन्।


नेपालखबर
असार ११, २०८३ बिहिबार ८:४३, काठमाडौँ

स्थानीय समयअनुसार बुधबार राति (नेपाली समयअनुसार बिहीबार बिहान) भेनेजुएलामा दुईपटक शक्तिशाली भूकम्प गएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण १० हजारभन्दा बढीको मृत्युको सम्भावना ४४ प्रतिशत र १ लाखभन्दा बढीको मृत्युको सम्भावना ३० प्रतिशत छ। 

भेनेजुएलामा शक्तिशाली भूकम्पपछिको अवस्था

यद्यपि भेनेजुएला सरकारले अहिलेसम्म मृत्युको कुनै आधिकारिक संख्या जारी गरिसकेको छैन।

सुरुमा ७.२ म्याग्निच्युड र त्यसको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको भूकम्प गएका हुन्। 

दुवै भूकम्प राजधानी कराकासबाट लगभग २९० किलोमिटर पश्चिममा गएका हुन्।

कराकाससहित धेरै सहरमा भवन भत्किएका छन्।

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रिय आपत्‌काल घोषणा गरेकी छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार कराकास विमानस्थलको छतको एक भाग भत्किएको छ।

यो १२६ वर्षयताकै ठुलो भूकम्प हो। यसअघि सन् १९०० मा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad