भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्यसमेत कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु पुष्टि भएको छ। एक जना मात्र बाँच्न सफल भएका छन्।
एयर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत दुर्घटनामा परेको आफ्नो उडान नम्बर एआईआई७१ मा सवार कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको र एक मात्र जीवितको उपचार भइरहेको जानकारी दिएको हो।
UPDATE: Air India confirms that flight AI171, operating from Ahmedabad to London Gatwick on 12 June 2025, was involved in an accident.
The 12-year-old Boeing 787-8 aircraft departed from Ahmedabad at 1338 hrs, carrying 230 passengers and 12 crew.
The aircraft crashed shortly… — Air India (@airindia) June 12, 2025
मृतकमा चालक दलका १२ सदस्य छन् भने यात्रु २२९ जना छन्।
एयर इन्डियाका अनुसार मृतक यात्रुहरूमा १६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिक छन्।
दुर्घटनामा विमानको सिट नम्बर ११एमा बसेका विश्वास कुमार रमेश नामका भारतीय मूलका बेलायती नागरिक मात्र बाँच्न सफल भएका हुन्। अहिले उनी अस्पतालमा उपचार गराइरहेका छन्।
एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विमान उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो। यो विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो।’
विमान बिहीबार दिउँसो १:३८ बजे अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाटबाट उडेको २ मिनेटमै खसेको थियो।

Shares

प्रतिक्रिया