ग्लोबल


भारतमा आइफोन उत्पादन नगर्न एप्पललाई ट्रम्पको आग्रह

भारतमा आइफोन उत्पादन नगर्न एप्पललाई ट्रम्पको आग्रह

नेपालखबर
जेठ १, २०८२ बिहिबार १६:४७, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइफोन निर्माता कम्पनी एप्पललाई भारतमा उत्पादन बन्द गर्न आग्रह गरेका छन्।

कतारको राजधानी दोहामा उनले एप्पलका सीईओ टिम कुकलाई भने, 'भारत आफैँलाई आफ्नो हितको ख्याल राख्न देऊ।'

ट्रम्पको यो अभिव्यक्ति यस्तो समयमा आएको हो जतिबेला भारत र अमेरिका आयात करबारे संवाद गरिरहेका छन्।

साथै यसबीच एप्पलले भारतमा आफ्नो उत्पादन क्षमता बढाउने विचार गरिरहेको खबर पनि आएको छ।

मिडियासँग कुरा गर्दै ट्रम्पले भने, 'मैले हिजो टिम कुकसँग कुरा गरेँ। मैले भनेँ- टिम, हामी तिमीलाई धेरै राम्रो व्यवहार गरिरहेका छौंँ। तिमी ५०० अर्ब डलरको कम्पनी बनाउँदै छौ, तर मैले सुनेको छु- तिमी भारतमा कारखाना स्थापना गर्दै छौ। म तिमी भारतमा (आईफोन) बनाऊ भन्नेमात्र  चाहन्नँ।'

'यदि तपाईं भारतलाई सहयोग गर्न चाहनुहुन्छ भने त्यो ठीक छ, तर भारत संसारमा सबैभन्दा बढी कर लगाउने देशमध्ये एक हो। त्यहाँ बेच्न गाह्रो छ। भारतले हामीलाई एउटा प्रस्ताव दिएको छ जसमा उनीहरूले हाम्रा सामानहरूमा कुनै पनि कर नलगाउने वाचा गरेका छन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad