नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहण अनुमति पाएका छन्। अहिले अभ्यासका लागि आधार शिविरमै रहेका शर्माले आरोहरण अनुमति पाएका हुन्।
पर्यटन विभागले आज बिहीबार आरोहण अनुमति दिने निर्णय गरेको हो। 'नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय विश्वप्रकाश शर्माले पर्यटन विभागवाट सगरमाथा आरोहण अनुमतिपत्र प्राप्त गर्नुभएको छ,' पर्यटन विभागको सूचनामा भनिएको छ।
अबको १० दिनपछि उनको आरोहण यात्रा सुरु हुनेछ। शर्माको सचिवालयका अनुसार उनी अहिले तेङ्बोचे आधार शिविरमा छन्।
384
Shares

प्रतिक्रिया