शनिबार साँझ जापानमा शक्तिशाली समुद्री आँधी आएको छ।
साँझ सात बजे आएको हागिबिस नामक समुन्द्री आँधीका कारण जापनको जनजीवन प्रभावित भएको छ।
आँधीमा परि पाँच जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। झण्डै एक सय जना घाइते भएका छन्।
टोकियोबाट दक्षिण–पश्चिमतिर बहेको आँधी इजु प्रायद्विपको भूमिमा ठोक्किएपछि विनास निम्तिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
आँधीले ठूलो वर्षा गराउनुका साथै तीव्र गतिमा हावा चलेको छ।
हागिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली र बिनासकारी रहेको अधिकारीहरुले बताएका छन्।
आँधीका कारण दर्जन मानिस सम्पर्कविहीन भएका छन् भने कयौँ मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राजधानी टोकियोको दक्षिण पश्चिम इजु प्रायद्वीपमा आँधीका कारण मुसलधारे वर्षा भएको छ। अहिले यो आँधी प्रतिघण्टा २ सय २५ किलोमीटरगतिमा पूर्वी तटिय क्षेत्रमा अघि बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
आँधीका कारण २ लाख ७० हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ। आँधीका प्रभावित ७ लाख मानिसलाई सुरक्षित ठाउँमा जान सरकारले आग्रह गरेको छ।

प्रतिक्रिया