छापा खबर


तीन लाख भारुसहित एकजना पक्राउ

तीन लाख भारुसहित एकजना पक्राउ

नेपालखबर
असोज २६, २०७६ आइतबार ३:३०,

महोत्तरीको जलेश्वरबाट सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राऊ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेका प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताउनुभयो ।

शनिबार साँझ ज ७ प ३३९५ नम्बरको मोटरसाइकलमा मटिहानीबाट जलेश्वर जाँदै गरेको अवस्थामा मटिहानी नपा–९ स्थित जलसागर पोखरी नजिकैबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए।

साहले अवैधरूपमा नेपाली–भारु सटहीको कारोवार गर्दै आएको आशंका प्रहरीले गरेको छ।

उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad