सुशान्तका पिता के.के सिंहले आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको भन्दै रियाविरुद्ध उजुरी दिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
रिया सुशान्तकी प्रेमिका थिइन्। सुशान्तले हालै आत्महत्या गरेपछि आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले थुप्रै बलिउडकर्मीको बयान लिइसकेको छ।
रियाविरुद्ध गत २५ जुलाईमा पटना प्रहरीमा उजुरी परेपछि प्रहरीले उनको पनि बयान लिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
रियाले पनि सामाजिक संजालमा सुशान्त सिंह राजपुतलाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई पहिचान गरि कडा कारवाही गरिनुपर्ने बताएकी छिन्। एजेन्सी
प्रतिक्रिया