दक्षिण कोरीयाका राष्ट्रपति ली जे म्युङले हान सेओङ सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु–जुङले बुधबार बताएका छन्।
नियुक्ति आगामी जुलाई जुलाई –१ देखि लागु हुने जनाइएको छ।
योसँगै हान ली जे म्युङको प्रशासनमा दोस्रो महिला प्रधानमन्त्री, किम मिन-सिओकको उत्तराधिकारी र देशको इतिहासमा ५०औँ प्रधानमन्त्री बनेकी छन्।
दक्षिण कोरियाको राष्ट्रिय सभाले हान सेओङ-सुकलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्न गरेको मतदानमा १६६ मत पक्षमा र सत्तापक्ष र सरकार समर्थक दलहरूबाट उपस्थित १६७ सदस्यमध्ये एक विपक्ष मतका साथ अनुमोदन गरेको जनइएको छ।
हान यस पदका लागि अयोग्य भएको तर्क गर्ने मुख्य विपक्षी दल पिपुल पावर पार्टी (पिपिपी) ले बहिष्कार गरे तापनि जुन ३० मा पूर्ण अधिवेशनमा मतदान भएको थियो।
लघु तथा मध्यम उद्यम (एसएमई) मन्त्रीका रूपमा कार्यरत हान सेओङ-सुक प्रधानमन्त्री नियुक्ति भएसँगै २० वर्षपछि दक्षिण कोरियाले पुनः महिला प्रधानमन्त्री पाएको छ।
Shares

प्रतिक्रिया