ग्लोबल


दोहामा इरान र अमेरिकाबिच अप्रत्यक्ष वार्ता

दोहामा इरान र अमेरिकाबिच अप्रत्यक्ष वार्ता

नेपालखबर
असार १७, २०८३ बुधबार २०:४८, काठमाडौँ

बुधबार कतारको राजधानी दोहामा इरान र अमेरिकाबिच वार्ता भइरहेको छ।

यस विषयमा जानकार स्रोतका आधारमा रोयटर्सले यो दुई देशबिच अप्रत्यक्ष प्राविधिक वार्ता भएको जनाएको छ।

रिपोर्टमा कतार र पाकिस्तानले जारी वार्तामा मध्यस्थकर्ताका रूपमा काम गरिरहेको पनि उल्लेख गरिएको छ।

स्रोतका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनरले वार्ता तयारीका लागि मंगलबार कतारका प्रधानमन्त्रीसँग भेटेका थिए।

यद्यपि बुधबारको वार्तामा उनीहरू दुवै सहभागी छैनन्।

जुन १७ मा इरान र अमेरिकाबिच १४ बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो।

त्यसपछि जुन २१ मा अमेरिका, इरान, पाकिस्तान र कतारबिच स्विट्जरल्यान्डमा उच्चस्तरीय शान्ति वार्ताको पहिलो चरण छलफल भएको थियो।

जसले लडाइँ रोकेको थियो। तर पछिल्ला केही दिनमा अमेरिका र इरानले हर्मुज स्ट्रेटमा एकअर्काविरुद्ध आक्रमण गरेका छन्।

दुवै देशले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad