ग्लोबल


अमेरिकाको नाकाबन्दीबिच प्रतिबन्धित चिनियाँ ट्यांकरले पार गर्‍यो होर्मुज स्ट्रेट

अमेरिकाको नाकाबन्दीबिच प्रतिबन्धित चिनियाँ ट्यांकरले पार गर्‍यो होर्मुज स्ट्रेट

नेपालखबर
बैशाख १, २०८३ मंगलबार १३:४४, काठमाडौँ

अमेरिकाले गरेको नाकाबन्दीका बाबजुद मंगलबार ‘रिच स्टारी’ नामको चिनियाँ ट्यांकर होर्मुज स्ट्रेट पार गर्दै फारसको खाडीबाट बाहिर निस्केको छ।

सिपिङ डेटाअनुसार नाकाबन्दी लगाइएपछि होर्मुज स्ट्रेट पार गर्ने यो पहिलो जहाज हो।

ट्यांकर र यसको मालिक कम्पनी यसअघि नै अमेरिकाको प्रतिबन्धमा छन्।

पहिले फुल स्टार भनेर चिनिने जहाजलाई अमेरिकाले २०२३ मा इराननलाई ऊर्जा प्रतिबन्धबाट बच्न मद्दत गरेको आरोपमा कालोसूचीमा राखेको थियो।

डेटाअनुसार जहाजले लगभग २ लाख ५० हजार ब्यारेल मिथेनोल बोकेको थियो, जुन यूएईको हमरिया बन्दरगाहबाट लोड गरिएको थियो।

पाकिस्तानमा गत शनिबार भएको अमेरिका-इरान वार्ता असफल भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमरबादेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad