ग्लोबल


हवाई आक्रमणबाट इरानमा मारिएकाको संख्या ३ हजार १८६ पुग्यो

हवाई आक्रमणबाट इरानमा मारिएकाको संख्या ३ हजार १८६ पुग्यो

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १३:५७, काठमाडौँ

अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले हवाई आक्रमणका कारण इरानमा अहिलेसम्म मारिएका मानिसको संख्याबारे अध्यावधिक तथ्यांक सार्वजनिक गरेको छ। 

एजेन्सीका अनुसार इजरालय-अमेरिकाले फेब्रुअरी २८ मा संयुक्त हमला सुरु गरेयता इरानमा अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको छ।

एचआरएएनएका अनुसार मृतकमा कम्तीमा २१० बालबालिका र १ हजार ३९४ जना आम नागरिक छन्। अनि १ हजार १५३ जना सैन्य कर्मचारी छन्। साथै अन्य ६३९ जना पनि मारिएका छन्, जसको अझै पहिचान भएको छैन।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ। 

बदलामा इरानले इजरायलका साथै अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा पनि ड्रोन/क्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि युद्ध फैलिएको छ। 

यसबिच इजरायलले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको पनि हत्या गरेको छ।

यसपछि आक्रोशित इरानका सैन्य प्रमुख अमिर हतामीले यसको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।

इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।

तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाएको छ।

इजरायलले अब उनलाई पनि मारिने धम्की दिएको छ।

पछिल्लो समय गत बुधबार इजरायलले आफ्नो देशमा रहेको ‘साउथ पार्स ग्यास फिल्ड’मा हवाई हमला गरेपछि इरानले खाडीका मुलुकमा रहेका ऊर्जा पूर्वाधारलाई निसाना बनाइरहेको छ। 

यसै क्रममा इरानले कतारपछि कुवेतमा तेल प्रशोधन केन्द्रमा हवाई आक्रमण गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad