ग्लोबल


इजरायलको चेतावनी: इरानका नयाँ सर्वोच्च नेतालाई पनि खोजेर मार्नेछौँ

इजरायलको चेतावनी: इरानका नयाँ सर्वोच्च नेतालाई पनि खोजेर मार्नेछौँ

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी


नेपालखबर
चैत ४, २०८२ बुधबार १०:२४, काठमाडौँ

इजरायलले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीलाई पनि खोजेर मार्ने चेतावनी दिएको छ। 

इजरायका सैन्य प्रवक्ता एफी डेफ्रिनले भनेका छन्, ‘उनीबारे धेरै थाहा नभए पनि इजरायलले खोजेर उनलाई खत्तम पार्नेछ।’ 

यसअघिका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी इजरायल-अमेरिकाको संयुक्त हवाई आक्रमणबाट गत फेब्रुअरी २८ मा मारिएपछि यो पदमा हालै मात्र उनकै छोरा मोज्तबालाई ल्याइएको हो।  

इजरायलले मंगलबार मात्र इजरायलले इरानमा आक्रमण गरी त्यहाँको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीलाई पनि मारेको छ। साथै इरानको बासिज फोर्सका कमान्डर घोलामरेजा सुलेमानीको पनि हत्या गरेको छ।

यसैबिच इरानका सैन्य प्रमुख अमिर हतामीले इजरायलसँग ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।

फेब्रुअरी २८ यता अमेरिका-इजरायल र इरानबिच युद्ध जारी छ। 

जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्ने क्रम जारी राख्दा मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।

इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad