ग्लोबल


एपस्टिन दाबी: बाह्य सम्बन्धका कारण बिल गेट्सलाई यौनजन्य रोग लाग्यो, सम्बन्ध-विच्छेद भयो

एपस्टिन दाबी: बाह्य सम्बन्धका कारण बिल गेट्सलाई यौनजन्य रोग लाग्यो, सम्बन्ध-विच्छेद भयो

२७ वर्ष सँगै बिताएपछि बिल र मेलिन्डा अलग भए। (फाइल फोटो)


नेपालखबर
माघ १७, २०८२ शनिबार ५:५१, काठमाडौँ

अमेरिकाको न्याय विभागले एपस्टिन यौन काण्डसँग सम्बन्धित नयाँ फाइल जारी गरेको छ। जसमा जेफ्री एपस्टिनका इमेल पनि छन्।

डेली मेलको रिपोर्ट अनुसार, एपस्टिनले माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई रुसी युवतीहरूसँग सम्बन्ध राखेपछि यौनजन्य रोग (सेक्सुअली ट्रान्समिटेड डिजिज- एसटीडी) लागेको दाबी गरेका छन्।

सार्वजनिक इमेलमा गेट्सले आफ्नी तत्कालीन पत्नी मेलिन्डा गेट्सलाई दिन एपस्टिनसँग एन्टिबायोटिक मागेको दाबी पनि गरिएको छ। यद्यपि आरोप पुष्टि भएको छैन।

नयाँ फाइलमा ३० लाख पृष्ठ, १ लाख ८० हजार तस्बिर र २ हजारभन्दा बढी भिडिओ छन्।

एपस्टिनको इमेल

अमेरिकाको न्याय विभागका अनुसार, एपस्टिनले २०१३ जुलाई १८ बिहान ११:४९ बजे आफैँलाई एउटा लामो इमेल लेखेका थिए।

त्यसमा उनले गेट्सप्रति असन्तुष्टि व्यक्त गर्दै गेट्सले छ वर्षको मित्रता समाप्त गरेको उल्लेख गरेका छन्।

इमेलमा लेखिएको छ- तपाईंले मलाई आफ्नो यौनरोगसँग सम्बन्धित इमेल मेटाउन भन्नुभएको थियो र मेलिन्डालाई गोप्य रूपमा दिन एन्टिबायोटिक औषधि माग्नुभएको थियो।

त्यही दिन बिहान १:०३ बजे अर्को इमेल लेखिएको थियो। यो गेट्सका तत्कालीन सल्लाहकार बोरिस निकोलिकको नाममा ड्राफ्ट गरिएको बताइएको छ।

यसमा बिल र मेलिन्डाबिचको वैवाहिक कलह पनि उल्लेख गरिएको छ।

बिल गेट्सको पछुतो 

बिल गेट्सले यसअघि नै एपस्टिनसँगको सम्बन्धप्रति पछुतो लागेको बताइसकेका छन्। साथै उनले कुनै पनि गलत काम नगरेको दाबी गरेका छन्। 

२०१९ मै उनले एपस्टिनसँग आफ्नो कुनै व्यावसायिक वा व्यक्तिगत सम्बन्ध नभएको र कहिल्यै कुनै पार्टी वा निजी कार्यक्रममा भाग नलिएको दाबी गरेका थिए।

न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलको दाबीअनुसार गेट्सले २०११ र २०१३ को बिचमा धेरै पटक एपस्टिनलाई भेटेका थिए। रिपोर्टमा गेट्स न्युयोर्कस्थित एपस्टिनको घरमा ढिलासम्म बसेको र उनको निजी विमानमा यात्रा गरेको कुरा पनि उल्लेख गरिएका छन्। 

अफेयरका कारण सम्बन्ध विच्छेद 

बिल र मेलिन्डा गेट्सको विवाह १९९४ मा भएको थियो। २०२१ मा उनीहरूको सम्बन्ध विच्छेद भयो।

मेलिन्डाले पछि गेट्सको अफेयर र एपस्टिनसँगको सम्बन्ध सम्बन्ध विच्छेदको प्रमुख कारक रहेको बताएकी थिइन्। 

२०१९ मा एपस्टिनसँग गेट्सले भेटघाट गरेको बाहिरिएपछि मेलिन्डाले वकिलहरूसँग कुरा गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad