समाज


दुई दिन लगातार घटेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज बढ्यो

दुई दिन लगातार घटेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज बढ्यो

नेपालखबर
माघ १७, २०८२ शनिबार ६:२२, काठमाडौँ

लगातार २ दिन घटेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शनिबार) बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस देखिएको हो।

हिजो शुक्रबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ४.८ डिग्री सेल्सियस कायम भएको थियो। 

आज पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवाती मापनमा भन्दा केही घट्ने सम्भावना हुन्छ। 

बुधबार ७.५ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम क्रमश: घट्दै बिहीबार ६.२ र शुक्रबार ५.३ डिग्री सेल्सियसमा झरेको थियो। तर आज फेरि बढेको हो।    

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।

यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ। 

शुक्रबार यस्तो थियो देशभरको तापक्रम विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad