चीनको केन्द्रीय सैन्य आयोग (सीएमसी) का उपाध्यक्ष जर्नेल चाङ युसियाविरुद्ध अनुसन्धान सुरु भएको छ।
अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार उनीविरुद्ध चीनको आणविक हतियारसँग सम्बन्धित गोप्य जानकारी अमेरिकालाई चुहावट गरेको आरोप छ।
चाङलाई यही जनवरी २४ मा पदबाट हटाइएको थियो।
चीनको रक्षा मन्त्रालयले उनलाई अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको आरोप लगाएको छ।
चाङले सीएमसीभित्र गुट बनाएको र पार्टीभित्र विभाजन ल्याएको आरोप पनि छ।
रिपोर्टअनुसार चाइना नेसनल न्युक्लियर कर्पोरेसनका पूर्वमहाप्रबन्धक गु जुनले चाङविरुद्ध प्रमाण पेस गरेका छन्।
गु जुनविरुद्ध पनि चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध अपराध गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
594
Shares

प्रतिक्रिया