अमेरिकाले शनिबार मध्यराति भेनेजुएलाको राजधानी काराकाससहित चार सहरमा भीषण हवाई हमला गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाका काराकास, मिरान्डा, अरागुआ र ला गुएरा राज्यमा रहेका सैन्य अड्डाहरूमा अमेरिकाले सात हवाई हमला गरेको हो।
पहिलो आक्रमण स्थानीय समयअनुसार बिहान २ बजेतिर भएको थियो।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका सैन्य अड्डा र प्रमुख स्थानहरूमा आक्रमण गर्न आदेश दिएका थिए।
आक्रमणको भाइरल भिडिओमा सहरमाथि नजिकै झन्डै १० वटा हेलिकप्टर उडिरहेको देखिन्छ।
भिडिओ :
— RT (@RT_com) January 3, 2026INSANE SHOTS OF US AIR FORCE STRIKING VENEZUELAN ARMY BASE https://t.co/LvoVytpSKX pic.twitter.com/Y61EOzVJBN
रोयटर्सका अनुसार, सहरका धेरै क्षेत्रमा ठूलो आवाज सुनिएको थियो भने प्रमुख सैन्य अड्डानजिकै दक्षिणी क्षेत्रमा बिजुली काटिएको थियो।

अमेरिकी आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले विज्ञप्ति जारी गरी कडा जवाफ दिइने चेतावनी दिएका छन्।
मादुरोले राष्ट्रव्यापी आपत्काल घोषणा पनि गरेका छन्।
उनले भनेका छन्, ‘अमेरिका भेनेजुएलाको तेल र खनिज स्रोत कब्जा गर्न चाहन्छ।’

भेनेजुएलामा अमेरिकाले गरेको आक्रमणका थप तस्बिर :



Shares

प्रतिक्रिया