ग्लोबल


मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प

मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प

नेपालखबर
पुस १९, २०८२ शनिबार ६:१, काठमाडौँ

मेक्सिकोको दक्षिणी क्षेत्रमा शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ।

स्थानीय समयानुसार बिहान ७:५८ बजे गएको भूकम्पको केन्द्रबिन्दु दक्षिणी राज्य गुरेरोको सान मार्कोसबाट १५ किलोमिटर दक्षिणपश्चिममा १० किलोमिटरको गहिराईमा रहेको जनाइएको छ।

मेक्सिको सिटीको राजधानी मेक्सिकोमा पनि भूकम्पको कम्पन महसुस भएको थियो।

सहरमा भूकम्पको महसुस हुनुभन्दा केही सेकेन्डअघि लाउडस्पिकरबाट भूकम्पीय चेतावनी दिइएको थियो।

भूकम्पको धक्का सोनोरा, बाजा क्यालिफोर्निया र ओक्साका राज्यमा महसुस गरिएको थियो।

भूकम्प प्रभावित क्षेत्रमा नागरिकहरूले परकम्प आउन सक्ने सम्भावनाप्रति सजक बन्दै सहरी क्षेत्रमा हजारौँ बासिन्दा सहरको खुला स्थानमा भेला भई आफन्तहरूको अवस्था बुझिरहेको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad