कारोबार


पाउन्डको मूल्य घट्दा धेरैजसो विदेशी मुद्रा महँगिए

पाउन्डको मूल्य घट्दा धेरैजसो विदेशी मुद्रा महँगिए

नेपालखबर
पुस १९, २०८२ शनिबार ६:१४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरोसहित केही मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जननाएको छ।


आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा थियो। 

यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा छ। हिजो युरो १ को खरिदर १६८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४४ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३६ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रुपैयाँ २५ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ५६ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६६ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad