ग्लोबल


विस्फोटका बेला बारमा कम्तीमा १०० मानिस थिए : स्विस प्रहरी

विस्फोटका बेला बारमा कम्तीमा १०० मानिस थिए : स्विस प्रहरी

विस्फोटपछि क्रान्स-मोन्टानालाई नो फ्लाई जोन घोषणा गरिएको छ।


नेपालखबर
पुस १७, २०८२ बिहिबार १३:५४, काठमाडौँ

स्विट्जरल्यान्डको क्रान्स-मोन्टानास्थित अल्पाइन स्कि रिसोर्ट सहरमा रहेको कन्स्टेलेसन बारमा विस्फोट हुँदा १०० भन्दा बढी मानिस रहेको त्यहाँको प्रहरीले बताएको छ।

स्विट्जरल्यान्डको प्रहरीले विस्फोटका बेला बारमा उपस्थित मानिसको संख्याबारेको जानकारी स्विस मिडिया आउटलेट 'ब्लिक' लाई दिएको हो।

प्रहरीले घटनास्थलमा उद्धार जारी रहेको र पीडितहरूलाई सहयोग गर्न धेरै प्रशासनिक टोली खटाइएको पनि बताएको छ।

प्रहरीका अनुसार, घटनास्थल सिल गरिएको छ र क्रान्स-मोन्टानालाई नो फ्लाई जोन घोषणा गरिएको छ।

प्रहरीले यसअघि विस्फोटमा ‘धेरै जनाको मृत्यु’ भएको बताएको थियो, तर यसको संख्या अझै एकिन भइसकेको छैन। 

प्रहरीले बीबीसीलाई स्थानीय समयअनुसार बिहान १:३० बजे कन्स्टेलेसन बारमा विस्फोट भएको बताएको छ।

स्कि रिसोर्ट सहर बेलायती पर्यटकमाझ लोकप्रिय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad