स्विट्जरल्यान्डको क्रान्स-मोन्टानास्थित स्कि रिसोर्ट सहरमा नयाँ वर्षकै दिन विस्फोट भएको छ।
स्कि रिसोर्टमा हरेको कन्स्टेलेसन बारमा मानिसहरू नयाँ वर्ष मनाउँदै गरेका बेला भएको विस्फोटमा धेरै जनाको मृत्यु तथा धेरै जना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ।
बीबीसीका अनुसार स्थानीय समय बिहीबार बिहान १:३० बजे कन्स्टेलेसन बारमा विस्फोट भएको हो।
सामाजिक सञ्जालमा सार्वजिक भिडिओमा बारमा आगो लागेको देखिन्छ। यद्यपि यो भिडिओ स्वतन्त्र रूपमा प्रमाणित भएको छैन।
बारले नयाँ वर्षको पूर्वसन्ध्यामा उत्सव आयोजना गरिरहेको थियो।
स्कि रिसोर्ट सहर बेलायती पर्यटकमाझ लोकप्रिय छ।
129
Shares

प्रतिक्रिया