अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले ‘आफूसँग तस्बिर खिच्न अनुरोध गरेको’ भनेयता दुई जनाबिच सार्वजनिक रूपमै भनाभन बढ्दै गएको छ।
यसै क्रममा ट्रम्पले फेरि एकपटक प्रधानमन्त्री मेलोनीको आलोचना गरेका छन्।
ट्रम्पले सोमबार ट्रुथ सोसलमा लेखेका छन्, ‘नेटोमा खर्बौं डलर खर्च गरे पनि इटाली र यसका प्रधानमन्त्रीले इरानको आणविक खतराविरुद्ध हामीसँगै उभिने सोचसम्म राख्दैनन्।’
उनले अगाडि लेखेका छन्, ‘हामी दशकौँसम्म उनीहरूको रक्षा गरिरहेकाछौँ, तर जब परीक्षाको समय आउँछ, तब उनीहरू हामी र विश्व रक्षाका लागि उपस्थित हुँदैनन्। यो राम्रो होइन।’
यस्तो छ ट्रम्प-मेलोनी मनमोटावको घटना
गत बुधबार अर्थात् यही जुन १७ का दिन फ्रान्समा आयोजित जी-सेभेन शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति ट्रम्प र इटालीका प्रधानमन्त्री मेलोनीबिच भेट भएको थियो।

रोयटर्सका अनुसार जी-सेभेन शिखर सम्मेलनको भिडिओमा मेलोनी र ट्रम्प सानो सोफामा सँगै बसेर गम्भीर कुराकानी गरिरहेको देखिन्छ।
यस क्रममा ट्रम्पले एलए-सेभेन टीभी च्यानलसँग भने, ‘उनी (मेलोनी) सायद खुसी छिन्, किनकि मैले उनीसँग कुरा गरेँ। मलाई त उनीसँग कुरा गर्न कुनै आवश्यक थिएन।’
यो कुरा ट्रम्पले पत्रकारले सोधेपछि भनेका थिए।
रोयटर्सका अनुसार ट्रम्पले भने, ‘उन (मेलोनी) ले मसँग तस्बिर खिच्न अनुरोध गरिन्। उनी मसँग तस्बिर खिचाउन चाहन्थिन्। मलाई त तस्बिर खिच्न मन थिएन। तर मलाई उनीप्रति दया लाग्यो।’

यसपछि इटालीका प्रधानमन्त्री मेलोनीले आफ्नो एक्स ह्यान्डलमार्फत भिडिओ वक्तव्य जारी गरी ट्रम्पको भनाइको कडा रूपमा खण्डन गरिन्।
रोयटर्सले लेखेको छ, ‘मेलोनीले जवाफमा भनिन्- 'डोनाल्ड ट्रम्पको भनाइ पूर्णत: मनगढन्त छ। साँच्चै भन्नुपर्दा म छक्क परेको छु। मलाई थाहा छैन- किन अमेरिकी राष्ट्रपति आफ्ना सहयोगीहरूसँग यस्तो व्यवहार गर्छन्? यो पहिलोपटक पनि होइन।’
मेलोनीले अगाडि भनेकी छन्, ‘म यति मात्र भन्न सक्छु- यो निराशाजनक छ कि उनी पश्चिमा र अमेरिकाका शत्रुविरुद्ध दृढ अडान लिँदैनन्। तिनका नेतासँग उनी धेरै उदार देखिन्छन्।’
यसैमा जोड्दै उनले थपिन्, ‘उनले एउटा कुरा के बुझ्न जरुरी छ भने न म न त कुनै इटाली कहिल्यै कसैसँग अनुरोध गर्छन्।’
यही विवादकै कारण इटालीका विदेशमन्त्री एन्टोनियो ताइआनीले अमेरिका भ्रमण नै रद्द गरे।
उनले एक्समा लेखे, ‘(हाम्रा) प्रधानमन्त्री जर्जिया मेलोनीका विषयमा (अमेरिकाका) राष्ट्रपति ट्रम्पले गरेको गम्भीर र अपमानजनक शब्द पूरै इटालीका लागि अपमान हो।’
उनले अगाडि लेखेका छन्, ‘ट्रम्पले ऐतिहासिक सम्बन्धहरू ध्वस्त पारिरहेका छन्।’
ताइआनीलाई मेलोनीको निकट राजनीतिक सहयोगीमध्ये एक मानिन्छ।
Shares

प्रतिक्रिया