अमेरिकी न्याय विभागले जेफ्री एपस्टाइनको अनुसन्धानको एक भागका रूपमा शुक्रबार राति तीन लाख दस्तावेज जारी गरेको छ।
जसमा अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन, पप गायक माइकल ज्याक्सन, हलिउड अभिनेता क्रिस टकर र बेलायती राजकुमार एन्ड्रयुजस्ता सेलिब्रेटीका तस्बिर छन्।
केही तस्बिरमा क्लिन्टन युवतीहरूसँग पोखरीमा पौडी खेल्दै र पार्टी गरिरहेको देखिन्छ। सुरुमा यी सबै तस्बिर ४ सेटमा जारी गरिएको थियो। केही घण्टापछि थप ३ सेट जारी गरिएको थियो।
यसमा कुल ३ हजार ५ सयभन्दा बढी फाइल छन्, जसमा २.५ जीबीभन्दा बढी तस्बिर र दस्तावेज छन्। यद्यपि धेरै तस्बिर कहाँ खिचिएका थिए भन्ने कुरा स्पष्ट छैन।
यस खुलासाको प्रभाव कस्तो पर्ला, अहिले स्पष्ट भइसकेको छैन। कारण दस्तावेजको संख्या धेरै छ र एपस्टाइनसँग सम्बन्धित धेरैवटा तस्बिर यसअघि नै बाहिर आइसकेका छन्।
अमेरिकी न्याय विभागले केही कागजात हाल चलिरहेको अनुसन्धान वा राष्ट्रिय सुरक्षा चिन्ताका कारण रोकिएको बताएको छ।
जेफ्री एपस्टाइन एक फाइनान्सर र दोषी ठहरिएका यौन अपराधी थिए, जो जेलमै बिते।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बर १८ मा एक कानुनमा हस्ताक्षर गर्दै एपस्टाइनसँग सम्बन्धित सबै कागजात ३० दिनभित्र जारी गर्न आदेश दिएका थिए।
अहिलेसम्म यी सेलिब्रेटीका तस्बिर सार्वजनिक भए :
-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प
-अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन
-पप स्टार माइकल ज्याक्सन
-प्रिन्स एन्ड्रयु र उनकी श्रीमती सारा फर्ग्युसन
-अमेरिकी होस्ट ओप्रा विन्फ्रे
-हलिउड अभिनेता केभिन स्पेसी र क्रिस टकर
-अरबपति रिचर्ड ब्रान्सन
केही तस्बिर :








Shares

प्रतिक्रिया