राजनीति


रविलाई काठमाडौँमा बाजागाजासहित स्वागत (तस्बिरहरू)

रविलाई काठमाडौँमा बाजागाजासहित स्वागत (तस्बिरहरू)

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
पुस ५, २०८२ शनिबार १६:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बाजागाजासहित काठमाडौँमा स्वागत गरिएको छ। 

शनिबार चितवनबाट काठमाडौँ आएका लामिछानेलाई रास्वपाका नेता तथा कार्यकर्ताले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरेका हुन्। उनलाई स्वागत गर्न रास्वपाका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए। 

बुटवलको स्वर्णिम सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने शुक्रबार रिहा भएका थिए। उच्च अदालत, तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार, धरौटी र बिगो बराबरको रकम बुझाएर थुनामुक्त भएका हुन्। 

उनी शुक्रबार रुपेन्देहीबाट चितवन गएका थिए। शनिबार चितवनबाट काठमाडौँ आएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad