अफगानिस्तानका अधिकारीहरूले पाकिस्तानसँगको सीमामा पाकिस्तानी सेनासँग भीषण गोली हानाहान भएको बताएका छन्।
त्यस क्रममा चार जना अफगान नागरिकको मृत्यु भएको अफगान अधिकारीहरूले जनाएका छन्।
पाकिस्तानतर्फ तीन जना घाइते भएको बताइएको छ।
अफगानिस्तान र पाकिस्तान दुवैले शुक्रबार राति हानाहान परेको पुष्टि गरेका छन्।
तर उनीहरूले एकअर्कालाई पहिले युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।
केही महिनादेखि दुई देशबीच बेलाबेला झडप भइरहेका छन्।
अफगानिस्तानको तालिबान सरकारले पनि पाकिस्तानले आफ्नो देशमा हवाई आक्रमण गरेको आरोप लगाएको छ।
72
Shares

प्रतिक्रिया