अमेरिकी सिनेटरहरूले देशको इतिहासमै सबैभन्दा लामो सरकारी बन्द (सटडाउन) अन्त्य गर्न सक्ने सम्झौता अनुमोदन गरेका छन्।
डेमोक्र्याटिक सांसदहरूको समूहले सिनेटमा रिपब्लिकन नेताहरूसँग भएको सम्झौतालाई समर्थन गरेको हो।
४० दिनको गतिरोधपछि सरकारी बन्द अन्त्य गर्ने दिशामा यो पहिलो पाइला हो।
यो सम्झौताले सरकारी सेवा पुन: सुरु गर्ने बाटो खोल्न सक्छ।
तर यो सम्झौता अमेरिकी कंग्रेसले पारित गर्न बाँकी छ र सिनेटमा यसको विरोध गर्ने डेमोक्र्याटहरूले प्रक्रिया ढिला गर्न सक्छन्।
विगत केही हप्तामा सरकारी बन्दले लाखौँ सरकारी कर्मचारी तलबबिना काम गरिरहेका छन् भने अमेरिकाभरि सेवा अवरुद्ध छ।
बीबीसीका अनुसार यो मतदानले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी खुसी भए पनि डेमोक्र्याटहरूभित्र थप विभाजन सिर्जना गर्न सक्छ।
Shares

प्रतिक्रिया