ग्लोबल


ट्रम्प दक्षिण कोरिया पुग्नै लाग्दा उत्तर कोरियाले गर्‍यो क्षेप्यास्त्र परीक्षण

ट्रम्प दक्षिण कोरिया पुग्नै लाग्दा उत्तर कोरियाले गर्‍यो क्षेप्यास्त्र परीक्षण

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार ९:२१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया आइपुग्नुभन्दा केही घण्टाअगाडि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ।

ट्रम्प एसिया प्रशान्त आर्थिक सहयोग बैठकमा भाग लिन दक्षिण कोरिया जाँदै छन्।

उत्तर कोरियाले सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ।

बीबीसी दक्षिण कोरियाका संवाददाता जेक क्वोनका अनुसार, यो परीक्षणलाई उत्तर कोरियाको आणविक हतियारलाई वैध बनाउने सानो प्रतीकात्मक प्रयास मानिएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार क्षेप्यास्त्र ठाडो रूपमा प्रहार गरिएका थिए र लगभग ७ हजार ८०० सेकेन्डसम्म हावामा रहे।

दक्षिण कोरिया भ्रमणका क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने कुनै संकेत हालसम्म देखिएको छैन।

ट्रम्पले आज दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङसँग भेट गर्नेछन्। दक्षिण कोरिया अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिन दबाबमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad