ग्लोबल


कुवेतमा थप ४ नेपालीमा कोरोना स‌ंक्रमण, अहिलेसम्म पुगे १९

कुवेतमा थप ४ नेपालीमा कोरोना स‌ंक्रमण, अहिलेसम्म पुगे १९

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ११:६,

कुवेतमा थप ४ जना नेपाली कोरोना भाइरस (कोभिड—१९) बाट संक्रमित भएका छन्। यो सँगै कुवेतमा संक्रमित हुने नेपालीको संख्या १९ पुगेको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयले सोमबार ४ नेपालीसहित ८० जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको हो। कुवेत स्वास्थ्य मन्त्रालयको दोस्रो अपडेटमा ३ जना नेपाली नयाँ संक्रमित भएको उल्लेख छ। यसअघिको पहिलो अपडेटमा १ जना नेपाली संक्रमणमा परेको उल्लेख थियो।

हेर्नुहोस् कुवेत स्वास्थ्य मन्त्रालयको पछिल्लो कोरोना अपडेट

kuwait1

यो संख्या गैरआवासीय नेपाली संघले सार्वजनिक गरेको भन्दा २ जना थोरै हो। गत शनिबार संघको स्वास्थ्य समितिले एक प्रतिवेदन सार्वजनिक गर्दै कुवेतमा २१ नेपाली कोरोना संक्रमित रहेको जनाएको थियो।

कुवेतमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ।

संक्रमित संख्या १ हजार ९९५ पुगेको छ। तीमध्ये २६ जनाको अवस्था चिन्ताजनक छ। उनीहरुको आइसियुमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कुवेतमा संक्रमित भएकामध्ये ३६७ जना निको भएका छन्।

आप्रवासी कामदार रहेका क्षेत्रमा कोरोना संक्रमण फैलिएपछि त्यस्ता ठाउँहरुमा विशेष निगरानी बढाइएको छ।

समारचा संस्था रोयटर्सका अनुसार कुवेत सरकारले केही दिन अगाडिदेखि माबुल्ला, जलिबसहितका ठाउँमा २४ घन्टै कर्फ्यु आदेश जारी गरेको छ। अरु ठाउँमा साँझ ५ देखि बिहान ६ बजेसम्म कर्फ्यु छ। सार्वजनिक यातायात ठप्प भएको कुवेतमा केही कम्पनीका काम बन्द भइसकेका छन्। त्यस्ता कम्पनीमा काम गर्ने आप्रबासी कामदार कामबिहीन भएका छन्।

अस्थायी आवासीय भिषा मिति थप
कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतमा रहेका नेपाली कामदारहरुको अस्थायी आवासीय भिषा ३ महिना (२०२०, मार्च १ देखि मे ३१ सम्म) स्वत थप हुने भएको छ। यो प्रावधान सबै भिसामा कुवेत प्रवेश गरी १ मार्चदेखि आवासीय भिषा सकिएकाहरुका हकमा लागू हुने दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad