राजनीति


चीनले भन्योः हामी अमेरिकाको शत्रु होइनौं

चीनले भन्योः हामी अमेरिकाको शत्रु होइनौं

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ११:९,

अमेरिकाले चीनले दिएको कोरोना भाइरसको तथ्यांकमा प्रश्न गरिरहँदा चीनको विदेशमन्त्रालयले सोमबार चीन अमेरिकाको शत्रु नभएको प्रतिक्रिया जनाएको हो।

‘केही अमेरिकीहरु यो विषयमा प्रष्ट हुनुपर्छ कि चीन अमेरिकाको शत्रु होइन’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङ सुआङले प्रेस ब्रिफिङमा भने,‘अन्तर्राष्ट्रिय समुदायले मिलेर कोरानाविरुद्धको लडाइ जित्नुपर्छ।’

‘चीनलाई आक्रमण गरेर चीनको प्रतिष्ठामा खलल पुर्याएर खर्च गरिएको समय र मृत्यु भएका मानिस फर्काउन सकिँदैन’ उनले भनेका छन्,‘हामीलाई विश्वास छ अमेरिकाले तथ्य, विज्ञान र अन्तर्राष्ट्रिय सहमतिलाई सम्मान गर्दछ। उनीहरुले चीनविरुद्ध अरोप लगाउने, आक्रमण गर्ने, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने कार्य बन्द गर्नुपर्छ र घरेलु कामकाज र अन्तर्राष्ट्रिय सहमतिमा ध्यान दिनुपर्छ।’

Chinese Foreign Ministry spokesman Geng Shuang speaks during a press briefing in Beijing on March 18.

गेङ सुआङ

आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोना भाइरस सम्बन्धी अध्ययन गर्न आफ्ना अनुसन्धानकर्ता पठाउने इच्छा व्यक्त गरेका थिए। ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्ने गरेका थिए।

चीनको विदेश मन्त्रालयले यसअघि चीनमा कोरोना भाइरसको निष्पक्ष अनुसन्धान हुनुपर्ने भनाई राख्ने अस्ट्रेलियाको पनि आलोचना गरेको छ।

चीनले अस्ट्रेलियालाई कोरोनाविरुद्धको लडाइमा हातेमालो गर्न र दुईपक्षीय सम्बन्ध सुधारमा कार्यहरु गर्न आग्रह गरेको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .