ग्लोबल


जर्मन पत्रिकाको दाबी: कर लगाएपछि रिसाएका मोदीले ट्रम्पले चारपटक फोन गर्दा पनि उठाएनन्

जर्मन पत्रिकाको दाबी: कर लगाएपछि रिसाएका मोदीले ट्रम्पले चारपटक फोन गर्दा पनि उठाएनन्

नेपालखबर
भदौ ११, २०८२ बुधबार ६:२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ५० प्रतिशत भन्सार कर लगाएका छन्।

भारतले रुसबाट कच्चा तेल किनेर युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको आरोपमा अमेरिकाले २५ प्रतिशत थपेर कर ५० प्रतिशत पुर्‍याएको हो। 

भारतले भने अमेरिकाको यो निर्णयप्रति कडा आपत्ति जनाएको छ। जसले गर्दा दुई देशबीचको सम्बन्धमा पनि नराम्रो प्रभाव परिरहेको छ।

भातरका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासामु कुनै पनि दबाबले नझुक्ने बताइरहेका छन्। 

यसैबीच जर्मन पत्रिका फ्रान्कफर्टर अल्गमाइन चाइटुङ (एफएजेड) ले भारतविरुद्ध कर लगाएपछि ट्रम्पले ४ पटक फोन गर्दा पनि मोदीले नउठाएको दाबी गरेको छ। तर फोन कहिले गरिएको थियो भन्ने कुरा उल्लेख छैन।  

उक्त पत्रिकाको रिपोर्टमा अमेरिकासँग रिसाएको भारतले चीन र रुससँगको सम्बन्ध सुधार गर्न थालेको दाबी गरिएको छ।

यसैगरी ट्रम्पले अमेरिकाको लागि कृषि बजार खोल्न माग गरेको तर मोदीले अस्वीकार गरेको दाबी पनि पत्रिकाले गरेको छ। 

अनि अमेरिकाले चीनलाई अलग्याउन भारतले आफ्ना पक्षमा दृढतापूर्वक उभिनुपर्छ भन्ने चाहेको तर यसमा भारत सहमत नभएको दाबी पनि रिपोर्टमा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad