ग्लोबल


फेडरल रिजर्भ बैंकका गभर्नर बर्खास्त गर्न ट्रम्पको आदेश

फेडरल रिजर्भ बैंकका गभर्नर बर्खास्त गर्न ट्रम्पको आदेश

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र फेडरल रिजर्भका गभर्नर लिसा कुक।


नेपालखबर
भदौ १०, २०८२ मंगलबार १९:५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका गभर्नर लिसा कुकलाई पदबाट हटाउन आदेश दिएका छन्।

फेडरल रिजर्भ अमेरिकाको केन्द्रीय बैंक हो। 

ट्रम्पले कुकले धितोसम्बन्धी कागजातमा गलत जानकारी प्रदान गरेको आरोप लगाउँदै संविधानअन्तर्गत उनलाई कारबाही गर्ने अधिकार आफूसँग भएको बताएका छन्। 

कुकले उक्त निर्णयलाई गैरकानुनी भएको र आफूलाई बर्खास्त गर्ने अधिकार राष्ट्रपतिलाई नभएको दाबी गर्दै राजीनामा नदिने जिकिर गरेकी छन्। 

अमेरिकामा राष्ट्रपतिले फेडरल रिजर्भका गभर्नरलाई हटाउने प्रयास गरेको यो पहिलोपटक हो।

यसले केन्द्रीय बैंकको स्वतन्त्रता र राष्ट्रपतिको अधिकारबारे ठूलो विवाद निम्त्याएको छ।

जुलाई अन्त्यमा फेडरल रिजर्भको अन्तिम बैठकमा लिसा कुक, जेरोम पावेल र बोर्डका अधिकांश सदस्यले अमेरिकी ब्याजदर यथावत् राख्ने पक्षमा मतदान गरेका थिए। 

ट्रम्पले केन्द्रीय बैंकलाई ब्याजदर घटाउन निरन्तर दबाब दिइरहेका छन् र टकराबको अवस्था बनेको छ। 

कुकलाई तत्कालीन राष्ट्रपति जो बाइडेनले २०२२ मा नियुक्ति गरेका थिए। उनी यो पद धारण गर्ने पहिलो अफ्रिकी-अमेरिकी महिला हुन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad