राजनीति


न्याय सेवाका ८ सहसचिवको काज सरुवा

न्याय सेवाका ८ सहसचिवको काज सरुवा

नेपालखबर
भदौ १०, २०८२ मंगलबार १९:८, काठमाडौँ

न्याय सेवाका ८ सहसचिवको सरुवा भएको छ।

सर्वोच्च अदालतले उनीहरूको सरुवा गरेको हो। जसअनुसार विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलिया न्याय परिषद्‌मा सरुवा भएका छन्।

उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेल सर्वोच्च अदालतमा, सर्वोच्चका सहरजिस्ट्रार वेदप्रसाद उप्रेती विशेष अदालतमा, न्याय परिषद् सचिवालयका सहसचिव अशोककुमार क्षत्री उच्च अदालत पाटनमा, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार दीपक भण्डारी सर्वोच्च अदालतमा सरुवा भएका छन्। 

त्यस्तै उच्च अदालत दीपायलका रजिस्ट्रार तारादत्त बडू जनकपुर अस्थायी इजलास वीरगन्जमा, उच्च अदालत पाटन हेटौँडा इजलासका रजिस्ट्रार रामु शर्मा उच्च अदालत पोखरामा र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिस्ट्रार सपना अधिकारीको उच्च अदालत पाटन हेटौँडा इजलासमा सरुवा भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad