डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको वार्ताअघि रुसी प्रतिनिधिमण्डलका कयौँ सदस्यहरू अलास्का पुगिसकेका छन्।
विदेशमन्त्री सेर्गेइ लाभ्रोव, रुसी लगानी कोष प्रमुख किरिल दिमित्रिएव र अर्थमन्त्री एन्तोन सिलुआनोव एंकोरेज पुगिसकेका छन्।
तीमध्ये विदेशमन्त्री लाभ्रोवले धेरैको ध्यान आकर्षित गरेका छन्।
किनकि उनले रुसी भाषामा यूएसएसआर अर्थात् युनियन अफ सोभियत सोसलिस्ट रिपब्लिक्स (सोभियत संघ) लेखिएको कपडा लगाएका थिए।
युक्रेनी भूमिको स्वामित्वबारे छलफल हुने बैठकमा लाभ्रोवले त्यस्तो कपडा रोज्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।
ट्रम्पसामु राख्नलाई रुससँग आफ्ना तर्क र स्पष्ट अडान रहेको लाभ्रोवले बताए। एजेन्सी
984
Shares

प्रतिक्रिया