अलास्का आजभन्दा १५८ वर्षअघिसम्म रुसी भूमि थियो। तर, यस भूगोलको पकड कायम राख्न रुसलाई धेरै गाह्रो भयो।
ग्रेट ब्रिटेनसँगको प्रतिद्वन्द्वितामा कम आउने विश्वास र भौगोलिक कठिनताका कारण तत्कालीन रुसी शासकले यसलाई बेच्ने अफर गरेका थिए।
तर सन् १८६७ को अलास्का खरिद संयुक्त राज्य अमेरिकाका लागि भने वरदान साबित भयो। यसले उत्तरी अमेरिकाको प्रशान्त तटमा व्यापार र आवास विस्तार गर्ने रुसी चाहना अन्त्य हुन पुगेको थियो, जुन अमेरिकाका लागि भने एसिया प्रशान्त क्षेत्रमा विशाल शक्तिको अभ्यूदयका लागि महत्त्वपूर्ण कदम बन्न पुग्यो।
सन् १७२५ को सुरुवाततिर रुसी सिजार पिटर द ग्रेटले भिटस बरिङलाई अलास्काको किनारमा अन्वेषणार्थ पठाएका थिए। किनकि, त्यतिखेर उक्त क्षेत्रमा रुसको चाहना बढिरहेको थियो। यसो हुनुको कारण थियो– कम जनसंख्या र प्राकृतिक स्रोतहरूको प्रचुरता। १८०० को सुरुतिर अमेरिका पश्चिमतर्फ फैलिँदै गएको थियो। अमेरिकीहरूले रुसी अन्वेषक र व्यापारीहरूसँग आफूलाई प्रतिस्पर्धी बनाइरहेका थिए।
तर सेन्ट पिटर्सबर्गका लागि भने मुख्य बस्ती बसाल्ने होस् वा सैन्य उपस्थिति उत्तरी अमेरिकाको प्रशान्त तटसम्म बढाउने कुरामा वित्तीय स्रोतको अभाव मुख्य समस्या बन्दा अलास्कामा कहिल्यै चार सयभन्दा बढी रुसी नागरिकको स्थायी बसोबास भएन।
त्यसमाथि क्रिमिया युद्धको पराजयले पनि उक्त क्षेत्रमा रुसको चासो घटाउँदै लगेको थियो।
त्यसपछि रुसले सन् १८५९ मा अमेरिकालाई अलास्का बेच्ने चाहना व्यक्त गर्यो। यसो गर्दा रुसको ठूलो प्रतिद्वन्द्वी ग्रेट ब्रिटेनको डिजाइनलाई अमेरिकाले प्रशान्त महासागरमा असफल बनाउने रुसी विश्वास थियो।
अमेरिकी आन्तरिक द्वन्द्वले उक्त बिक्रीलाई ढिलाइ गर्यो। तर युद्धपछि सेक्रेटरी अफ स्टेट विलियम सिवार्डले तत्काल रुसबाट नयाँ प्रस्ताव पाए र १८६७ मार्च ३० मा वासिङटनमा रुसी मन्त्री एडुवार्ड डी स्टोइकलबाट प्राप्त सो प्रस्तावमा सहमति भयो। यसअनुसार अमेरिकाले ७२ लाख अमेरिकी डलरमा अलास्का खरिद गर्न सक्ने भयो।

यस प्रस्तावलाई अमेरिकी सिनेटले पारित गर्यो भने तत्कालीन राष्ट्रपति एन्ड्रु जोन्सनले खरिदसन्धिमा मे २८ मा हस्ताक्षर गरे र अलास्का औपचारिक रुपमै १८६७ अक्टोबर १८ मा अमेरिकाको भयो। यो खरिदले उत्तर अमेरिकामा रुसको उपस्थिति अन्त्य गरिदियो र अमेरिकी पहुँच सुनिश्चित गरिदियो।
खरिदको तीन दशकपछाडि अमेरिकाले पनि अलास्कामा कम ध्यान दिनथाल्यो। त्यतिबेला अलास्कामा सेनाको राज थियो। देखिने नियमहरू केही थिएनन्। सन् १८८४ मा अमेरिकाले बल्ल गैरसैनिक सरकार बनाएको थियो। यसो गर्नुको कारण अलास्कामा अमेरिकी खनिज कानुन लागू गर्नका लागि थियो। कतिपयले यो खरिदलाई सिवार्डको मूर्खता किनेको पनि भने तर पूर्वसेक्रेटरी अफ स्टेटले भने १८९६ मा युकोनमा ठूलो परिमाणको सुनखानी पत्ता लागेपछि उक्त आरोपबाट छुट्कारा पाएका थिए।
अलास्काको रणनैतिक महत्त्व दोस्रो विश्वयुद्धपछि मात्र थाहा भएको थियो। सन् १९५९ को जनवरी ३ मा अलास्का अमेरिकाको नयाँ राज्य बनेको थियो।

युक्रेन युद्धबारे छलफल गर्दै ट्रम्प र पुटिन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले अलास्काको एंकोरेजमा भेट्दै छन्। शुक्रबार राति (नेपाली समय) हुनलागेको छलफल युक्रेन युद्ध अन्त्यमा केन्द्रित हुनेछ।
बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहितका युरोपेली नेताहरूसँगको भर्चुअल मिटिङसँगै ट्रम्पले तीन वर्ष बढीदेखि चलिरहेको युद्ध रोक्न अस्वीकार गरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।
उच्चस्तरीय प्रस्तावित बैठक अलास्काको धेरै जनसंख्या रहेको सहरको उत्तरी किनारामा अवस्थित एक अमेरिकी सैन्य ज्वाइन्ट बेस एलमेन्डर्फ रिचार्डसनमा हुँदै छ।
जुन अलास्काको सबैभन्दा ठूलो सैन्य आधारशिविर हो। ६४ हजार एकड जमिनमा फैलिएको यो बेस फेलिएको छ।
सन् २०१९ मा राष्ट्रपतिको पहिलो कार्यकालमा डोनाल्ड ट्रम्पले उक्त बेसको भ्रमण गर्दा यसलाई अमेरिकाको पहिलो प्रतिरक्षा रेखाको अन्तिम मोर्चाको रुपमा सेनाले खटिएको रुपमा व्याख्या गरेका थिए।
हुनलागेको उक्त छलफलका लागि पुटिन र ट्रम्प दुवै अलास्का लागिसकेका छन्। एजेन्सीहरूको सहयोगमा
Shares

प्रतिक्रिया