युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस-युक्रेन युद्धमा चीन र पाकिस्तानलगायत धेरै देशका 'भाडाका सैनिक' संलग्न रहेको दाबी गरेका छन्।
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा युक्रेनी सैनिकहरूसँगको तस्बिर सार्वजनिक गर्दै आफू सोमबार भोभ्चान्स्क क्षेत्रमा सैनिकहरूबीच उपस्थित भएको र त्यहाँ मोर्चाको अवस्थाबारे कमान्डरहरूबाट जानकारी लिएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘भोभ्चान्स्क क्षेत्रमा रहेका हाम्रा योद्धाहरूले चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र अफ्रिकी देशहरूका भाडाका सैनिकहरू युद्धमा संलग्न भएको रिपोर्ट गरिरहेका छन्। हामी यसको जवाफ दिनेछौँ।’
अक्टोबर २०२४ मा सार्वजनिक रिपोर्टले युक्रेनमा रुसी सेनालाई मद्दत गर्न उत्तर कोरियाली सैनिक तैनाथ गरिएको दाबी गरेका थिए।
1.1k
Shares

प्रतिक्रिया