ग्लोबल


रुसद्वारा युक्रेनमा ५३९ ड्रोन र ११ मिसाइल प्रहार, जेलेन्स्कीले मागे अमेरिकासँग गुहार

रुसद्वारा युक्रेनमा ५३९ ड्रोन र ११ मिसाइल प्रहार, जेलेन्स्कीले मागे अमेरिकासँग गुहार

युक्रेनकै तर फाइल तस्बिर


नेपालखबर
असार २१, २०८२ शनिबार १०:५०, काठमाडौँ

युक्रेनको राजधानी किएभमा रुसले प्रहार गरेको ड्रोन र मिसाइलका कारण एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

युक्रेनले रुसले शुक्रबार किएभमा ५३९ ड्रोन र ११ मिसाइल प्रहार गरेको बताएको छ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको टेलिफोन वार्तापछि रुसले युक्रेनमा ड्रोन र मिसाइल प्रहार गरेको छ।

फोनमा कुराकानीपछि ट्रम्पले पुटिन युक्रेन युद्ध अन्त्य गर्न नचाहेकामा आफू निराश भएको बताएका छन्। 

साथै रुसले आफ्नो लक्ष्य प्राप्त नभएसम्म युक्रेनविरुद्ध युद्ध जारी रहने बताएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणको निन्दा गरेका छन्।

बीबीसीका अनुसार उनले भनेका छन्, ‘रुसले फेरि एकपटक युद्ध अन्त्य गर्न नचाहेको देखाएको छ।’

जेलेन्स्कीले युक्रेनका सहयोगी, विशेष गरी अमेरिकालाई रुसमा थप प्रतिबन्ध लगाउन अपिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad