ग्लोबल


हनिमुन हत्या प्रकरण: सोनमले चलाउने ल्यापटप खोज्दै प्रहरी

हनिमुन हत्या प्रकरण: सोनमले चलाउने ल्यापटप खोज्दै प्रहरी

सोनम रघुवंशीको फाइल तस्बिर


नेपालखबर
असार ११, २०८२ बुधबार १४:४७, काठमाडौँ

भारतको मेघालयमा हनिमुन मनाउने क्रममा मध्यप्रदेश इन्दौरका राजा रघुवंशीको हत्या भएको घटनाबारे शिलोङ प्रहरीले निरन्तर अनुसन्धान गरिरहेको छ। 

यस क्रममा प्रहरीले अहिलेसम्म उनकै पत्नी सोनमसहित ८ जना पक्राउ गरिसकेको छ। 

अब प्रहरीले सोनमको ल्यापटपलाई पनि महत्त्वपूर्ण प्रमाण ठानेर त्यसको खोजी गरिरहेको छ।

प्रहरीले सोनमले प्रयोग गरिरहेको ल्यापटपमा व्यवसाय र हवालासँग सम्बन्धित महत्त्वपूर्ण जानकारी हुन सक्ने अनुमान गरेको छ।

भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी र सोनमबीच मे ११ मा विवाह भएको थियो।

यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा मेघालयको शिलोङ पुगेका थिए। तर उनीहरू मे २३ देखि परिवारसँग एकाएक सम्पर्कविहीन भए।

यसपछि खोजीका क्रममा प्रहरीले राजा रघुवंशीलाई जुन २ मा पहाडको खोँचभित्र मृत अवस्थामा फेला पार्‍यो। तर त्यतिबेला सोनम भेटिइनन्।

अन्तत: उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि घटना पर्दाफास भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad