अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चाहना इरानमा सत्ता परिवर्तन नभएको दाबी गरेका छन्।
नेदरल्यान्ड्सको हेगमा नेटो शिखर सम्मेलनमा जाँदै गर्दा ट्रम्पलाई एयर फोर्स वन विमानमा पत्रकारहरूले सोधे, ‘तपाईं इरानमा सत्ता परिवर्तन भएको हेर्न चाहनुहुन्छ?’
जवाफमा उनले भने, ‘होइन, म त्यो चाहन्नँ। म त सबै कुरा सकेसम्म चाँडो शान्त होस् भन्ने चाहन्छु।’
उनले अगाडि भने, ‘सत्ता परिवर्तनका लागि अराजकता चाहिन्छ र आदर्श रूपमा हामी यति धेरै अराजकता हेर्न चाहँदैनौँ।’
तर यसअघि ट्रम्पले इरानमा सत्ता परिवर्तन जरुरी रहेको अभिव्यक्ति दिएका थिए।
यसैबीच आजै बिहान मात्र ट्रम्पले इजरायल र इरानबीच युद्धविराम लागु भएको घोषणा गरेका थिए।
तर दुवैले युद्धविराम सम्झौता उल्लंघन गरिरहेको भन्दै ट्रम्पले आक्रोश पनि पोखेका छन्।
Shares

प्रतिक्रिया