राजनीति


इरानमाथिको आक्रमणविरुद्ध १३ विद्यार्थी संगठनद्वारा विरोध प्रदर्शन

इरानमाथिको आक्रमणविरुद्ध १३ विद्यार्थी संगठनद्वारा विरोध प्रदर्शन

नेपालखबर
असार १०, २०८२ मंगलबार २१:१७, काठमाडौँ

इरानमाथि इजरायल र अमेरिकाले गरिरहेको आक्रमणका विरुद्ध विभिन्न १३ विद्यार्थी संगठनले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।

मंगलबार माइतीघर मण्डलामा अखिल (छैठौँ) सहित विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका हुन्।

‘युद्ध रोक’, ‘साम्राज्यवाद मुर्दावाद’, ‘अन्तर्राष्ट्रिय ऐक्यबद्धता जिन्दावाद’ लगायत युद्धविरोधी विभिन्न नारा लेखिएका प्लेकार्डसहित भेला भएका विद्यार्थीहरूले विश्व शान्ति कायम गर्न माग गरे।

उनीहरूले ‘अमेरिकी साम्राज्यवाद’ले विश्वभर युद्ध थोपरेर आफ्नो प्रभुत्व कायम गर्न खोजेको आरोप पनि लगाए। 

सभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले भने, ‘अहिलेको युद्ध इरान र इजरायलबीच भएको देखिएपनि मुख्य भूमिका अमेरिकाको छ। अमेरिकी साम्राज्यवाद विश्वभर युद्ध थोपरेर कमजोर मुलुकहरूको प्राकृतिक स्रोत साधनमाथि कब्जा गर्न चाहन्छ।’

उनले थपे, ‘इजरायल युद्ध भोलि नेपालसम्म नआइपुग्ला भन्न सकिँदैन। किनकी अमेरिकाको मुख्य तार्गेट चीन भएकाले हामी पनि ‘डेन्जर जोन’मा छौँ।’
उनले विश्वभरबाट युद्धको विरोध गर्नुपर्ने बताए।

विरोध प्रदर्शनमा अखिल (छैठौं) सहित तीनवटा अखिल (क्रान्तिकारी), अनेरास्ववियु, अखिल नेपाल विद्यार्थी युनियन, एसएसएसएन, एसएसयू, एसएसयुएन, नेपाल समाजवादी विद्यार्थी युनियन, नेपाल विद्यार्थी फेडरेसन, अनेरास्ववियु (पाँचौँ), र अखिल नेपाल विद्यार्थी युनियन सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad