अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आफ्नो देश इरानसँग युद्धमा नरहेको दाबी गरेका छन्।
बीबीसीका अनुसार उनले भनेका छन्, ‘हामी इरानको आणविक महत्वाकांक्षासँग युद्धमा छौँ।’
यस क्रममा उनले शनिबार राति अमेरिकाले इरानका आणविक केन्द्रहरूमा गरेको हमलाले उसको आणविक कार्यक्रम 'नष्ट' भएको विश्वास गरिएको पनि बताएका छन्।
उपराष्ट्रपति भान्सले अमेरिका र यसका सहयोगीले अब इरानको आणविक कार्यक्रम 'स्थायी रूपमै' अन्त्यका लागि काम गर्ने दाबी पनि गरेका छन्।
यसअघि अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले आइतबारै पेन्टागनमा इरानको आणविक आधारमा अमेरिकी आक्रमणबारे विस्तृत जानकारी दिँदै भनेका थिए, ‘राष्ट्रपति ट्रम्प शान्ति चाहन्छन्।’
उनले थपे, ‘राष्ट्रपति ट्रम्प भन्छन्- म शान्ति चाहन्छु, आणविक हतियार होइन र इरानले पनि त्यही बाटो अपनाउनुपर्छ।’
अमेरिकाले शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको हो।
जसविरुद्ध चीन र रुसले कडा निन्दा गरेका छन्।
Shares

प्रतिक्रिया