ग्लोबल


ट्रम्प भन्छन्: ‘नेतन्याहु मैले जे भन्यो, त्यही मान्छन्’

ट्रम्प भन्छन्: ‘नेतन्याहु मैले जे भन्यो, त्यही मान्छन्’

नेपालखबर
जेठ २६, २०८३ मंगलबार ८:३५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूले जे भन्यो, त्यही मान्ने दाबी गरेका छन्।

बीबीसीसँगको संक्षिप्त कुराकानीमा उनले नेतन्याहुले आफ्नो आज्ञा पालना गर्ने दाबी गरेका हुन्।

बीबीसी उत्तर अमेरिका सम्पादक सारा स्मिथले सोमबार ट्रम्पसँग फोनमा सोधिन्, ‘तपाईंले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इरानमा आक्रमण रोक्न कसरी राजी गराउनुभयो?’

ट्रम्पले जवाफ दिए, ‘मैले यति मात्र भनेँ- हामीले बुद्धिमानीपूर्वक काम गर्नुपर्छ। हामी एउटा एकदमै बलियो सम्झौतामा हस्ताक्षर गर्ने अवस्थाको धेरै नजिक छौँ, एकदमै राम्रो सम्झौता।’

उनले थपे, ‘न आणविक हतियार हुनेछ, न अरू केही। तपाईंलाई थाहा छ- हामीले धेरै कमन सेन्स प्रयोग गर्नुपर्छ।’

इरानको आक्रमणको प्रतिक्रियामा इजरायललाई मिसाइल नचलाउन आग्रह गर्दा पनि नेतन्याहुले किन प्रहार गरे भनेर ट्रम्पलाई सोधिएको थियो।

ट्रम्पले जवाफ दिए, ‘होइन, होइन। त्यो पहिले भइसकेको थियो। त्यो पहिले नै बाटोमा थियो..।’

अनि उनले नेतन्याहुबारे भने, ‘मैले उनलाई केही गर्न भनेँ भने उनी त्यो गर्छन्।’

दुई महिनाअघि युद्धविराम लागु भए पनि आइतबार इजरायल र इरानले पहिलोपटक एकअर्कामाथि आक्रमण गरेका थिए।

यसपछि सोमबार ट्रम्पले नेतन्याहुलाई फोन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad