ग्लोबल


अमेरिकाले इरानमा गरेको आक्रमणप्रति बेलायतको समर्थन

अमेरिकाले इरानमा गरेको आक्रमणप्रति बेलायतको समर्थन

बेलायतका प्रधानमन्त्री केयर स्टारमर


नेपालखबर
असार ८, २०८२ आइतबार १३:४७, काठमाडौँ

अमेरिकाले इरानमा गरेको आक्रमणप्रति बेलायतले समर्थन जनाएको छ। 

बेलायतका प्रधानमन्त्री केयर स्टारमरले इरानका आणविक स्थल विश्वकै लागि खतरा भएकाले अमेरिकाले चालेको कदम सही भएको बताएका हुन्।

उनले वक्तव्यमा भनेका छन्, ‘इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा हो। इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन अनुमति दिन सकिँदैन र यो खतरा कम गर्न अमेरिकाले यो कदम चालेको हो।’

उनले अगाडि भनेका छन्, ‘मध्यपूर्वको अवस्था अझै पनि धेरै संवेदनशील छ र त्यस क्षेत्रमा स्थिरता कायम राख्नु प्राथमिक कुरा हो।’

बेलायती प्रधानमन्त्री स्टारमरले इरानलाई आणविक सम्झौतामा फेरि वार्ता सुरु गर्न अपिल पनि गरेका छन्।

उनले भनेका छन्, ‘इरानले यो संकट अन्त्य गर्न कूटनीतिक समाधान खोज्नुपर्छ।’

इजरायलसँग युद्ध गरिररहेको इरानमा अमेरिकाले गएराति बम हमला गरेको हो। 

इरानस्थित फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।  

इरानले पनि अमेरिकाबाट आक्रमण भएको पुष्टि गरेको छ। 

इरान अझै शान्तिको बाटोमा नआए थप ठूला हमला गरिने चेतावनी ट्रम्पले दिएका छन्। 

यसैबीच संयुक्त राष्ट्रसंघले इरानमा अमेरिकाको आक्रमणप्रति गम्भीर चिन्ता प्रकट गरेको छ। 

सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ।

यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ। 

उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ। 

यहीबीच अमेरिकाले पनि इरानमा आक्रमण थालेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad