चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाईडीको डल्फिन २०२५ मोडल नेपालमा सार्वजनिक भएको छ।
आधिकारिक बिक्रेता साइमेक्स इंकले आइतबार डल्फिन नेपालमा सार्वजनिक गरेको हो।
१५ वर्षसम्मको लाइफ भएको ब्याट्री दिइएको यो गाडीमा सुरक्षालाई उत्तिकै जोड दिइएको छ। यसमा मोबाइलबाटै भेहिकल स्टार्ट अन अफ सबै चलाउन सकिने एनएफ्सी कि लेस इन्ट्रीको सुविधा समेत छ।
यसकी मूल्य पुरानोको झैँ ४१ लाख १५ हजार रुपैयाँ नै राखिएको छ। बीवाइडी डल्फिनमा ४४.९ किलोवाट आवर क्षमता ब्याट्री प्रयोग गरिएको छ। यसले फुल चार्जमा डब्लुएलटीपी साइकलअनुसार ३४० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ।

यसमा ७० किलोवाट क्षमताको प्रमानेण्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ। यसले १८० एनएमको टर्क उत्पादन गर्छ।
साइमेक्स इन्ककी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले अहिले नेपाली सडकमा २५०० युनिट रहेको जानकारी दिइन्।
‘हाम्रो कम्पनीले हरेक पटक ग्राहकहरुलाई नयाँ दिने कोशी गरिरहेका छौ। यो पटक डल्फिनमा नयाँ टेक्नोलोजीको बिकास भएको लिथियम आयोन फोसफेट ब्याट्री उपलब्ध छ’, उनले भनिन्।
आकर्षक र आधुनिक देखिने डिजाइनयुक्त डल्फनमा यसमा रेगुलर एलईडी हेडलाइट र डाइनामिक टेललाइट डिजाइन छ।
बाहिरी भागमा केही सामान्य परिमार्जनहरू गरिएका छन्।

क्याबिनमा १२.८ इन्चको घुम्ने टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली छ। सामान राख्नको लागि बुट स्पेस ३४५ लिटर छ, जुन पछाडिका सिटहरु फोल्ड गर्दा १,३१० लिटरसम्म विस्तार गर्न सकिन्छ।
६ वटा एयरब्याग, फर्वार्ड कोलिजन वार्निङ, ट्राक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि यसमा छ। साथै लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट, रिअर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिक अलर्ट जस्ता फिचरहरु पनि छन।
यसले युरो एनक्याप सुरक्षा परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ।
तस्बिरहरू










Shares

प्रतिक्रिया