ग्लोबल


इरानमा आक्रमण गरेपछि ट्रम्पले भने: अझ ठूलो हमला गर्न बाँकी छ

इरानमा आक्रमण गरेपछि ट्रम्पले भने: अझ ठूलो हमला गर्न बाँकी छ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
असार ८, २०८२ आइतबार ८:२०, काठमाडौँ

इरानमा आक्रमण गरेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई सम्बोधन गरेका छन्।

यस क्रममा ट्रम्पले अझ धेरैवटा लक्ष्यमा हमला गर्न बाँकी नै रहेको बताएका छन्। 

उनले भने, ‘धेरै निशानालाई लक्ष्य गर्न बाँकी छ।’ 

ट्रम्पले अब इरान शान्तिको बाटोमै आउनैपर्ने अन्यथा आगामी दिनमा अझ ठूला हमलाको सामना गर्नुपर्ने चेतावनी पनि दिएका छन्। 

राष्ट्रलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘अब इरानले शान्तिको बाटो अपनाउनुपर्छ। यदि उसले त्यसो गरेन भने भविष्यमा हुने आक्रमण अझ ठूला हुनेछन्।’ 

ट्रम्पले इरानमा खतरनाक र विनाशकारी योजना तयार भइरहेको दाबी पनि गरे। 

उनले भने, ‘म संसारलाई भन्न चाहन्छु- आज रातिको आक्रमण पूर्ण रूपमा सफल भएको छ।’

ट्रम्पले इरानलाई चेतावनी दिँदै अगाडि भनेका छन्, ‘अब कि शान्ति हुनेछ कि इरानमा विपत्ति आउनेछ, जुन पछिल्लो आठ दिनमा देखिएका घटनाभन्दा धेरै ठूलो हुनेछ।’ 

सम्बोधनमा उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इजरायली सेनालाई धन्यवाद पनि दिएका छन्।

इरानले पनि अमेरिकाले आफ्नो देशमा हमला गरेको पुष्टि गरिसकेको छ। 

सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ।

यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ। 

उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad