भारतीय गुप्तचर निकायहरुले पाकिस्तानको जासुस संस्था इन्टरसर्भिसेस इन्टेलिजेन्स (आईएसआई)ले भारतमा ठूलो आतंकवादी आक्रमणको योजना उत्खनन गर्न सफल भएको दाबी गरेका छन्।
उच्च स्रोतको हवालामा इन्डियाटुडेमा प्रकाशित एक समाचारअनुसार पहलगाममा भएको घटनाअघि नै त्यसको तयारी भइरहेको दाबी गरिएको छ।
अझ रोचक कुरा त नेपालीमूलका आईएसआई एजेन्टलाई पक्राउ गरेपछि यसबारे खुलासा भएको उल्लेख गरिएको छ।
पक्राउ परेका ती व्यक्ति अनसरुल मियाँ अन्सारी रहेको र उनी दिल्लीको एक होटलबाट पक्राउ परेको बताइएको छ।
आरोपित अन्सारी आईएसआईको लागि पाकिस्तानबाट नेपाल हुँदै भारत प्रवेश गरेको समाचारमा दाबी गरिएको छ। फेरि पाकिस्तान फर्किँदै गर्दा उनी समातिएको भारतीय मिडियाको दाबी छ।
183
Shares

प्रतिक्रिया