ग्लोबल


आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृत्यु

आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृत्यु

उत्तर प्रदेशमा आँधीले ढालेको रुख।


नेपालखबर
जेठ ८, २०८२ बिहिबार ११:४२, काठमाडौँ

बुधबार साँझ उत्तर प्रदेशलगायत भारतका विभिन्न क्षेत्रमा आएको आँधीले व्यापक मात्रामा जनधनको क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

बीबीसी हिन्दीका अनुसार आँधीका कारण उत्तर प्रदेशमा मात्र कम्तीमा १४ जनाको ज्यान गएको छ।

भारतको मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सम्बन्धित अधिकारीहरूलाई उद्धार तथा राहतमा खटिन सञ्चालन गर्न निर्देशन दिइएको बताएका छन्। 

बुधबार आएको आँधीबाट उत्तर प्रदेश मात्र नभई दिल्लीका पनि धेरै क्षेत्रमा असर गरेको छ। 

राजधानी दिल्लीका धेरै क्षेत्रमा रूख ढलेर धेरै सवारीसाधन क्षतिग्रस्त भएका छन्, जसका कारण धेरै क्षेत्रमा यातायात अवरुद्ध भएको छ र मेट्रो सेवा पनि प्रभावित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad