यार्सा संकलनको लागि डोल्पाको पाटन पुगेका भीमबहादुर बोहोराको लेक लागेर मृत्यु भएको छ। जुम्लाको गुठिचौर गाउँपालिका १ मणिगाउँका ३५ वर्षीय बोहोराको लेक लागेर मृत्यु भएको हो।
केही दिनअघी यार्सा संकलनका लागि बोहोरा जेठ ७ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार बोहोरा घरबाट यार्सागुम्बा खोज्नका लागि डोल्पाको जगदुल्ला गाउँपालिका १ स्थित शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गतको जगदुल्ला मध्यवर्ती पाटन पुगेका थिए।
त्यहाँ उनलाई लेक लागेको लक्षण देखापरेपछि साथीहरुको सहयोगमा घर ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
33
Shares

प्रतिक्रिया